९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजको आकस्मिक अवतरण

२३ भाद्र, काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण भएको छ ।

त्रिभुवन विमानस्थलबाट आज बिहान उडेको श्री  एयरलाइन्समा प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् । श्री एयरलाइन्सको एसएचए १२१ जहाज सुर्खेतका लागि उडेको थियो ।

अवतरणका क्रममा जहाज केहीबेर धावनमार्गमै रोकिएको थियो । जहाजमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

यात्रुलाई अर्को जहाजबाट सुर्खेत पठाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि