९ माघ २०८२, शुक्रबार
समाचार समाज

‘सहकारी छानबिन समितिको प्रतिवेदनलाई व्यावहारिक रुपमै कार्यान्वयन गरिने’

२४ भाद्र, काठमाडौँ ।  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सम्बन्धित निकायसँग छलफल गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेको हो ।

सोही अवसरमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले समितिले तयार गरेको प्रतिवेदनलाई व्यावहारिक रुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले सहकारीबाट ऋण लिनेले तिर्नुपर्दैन भन्ने भ्रम नराख्न र सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि संयन्त्र गठन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यसैगरी राष्ट्र बैंकका गभर्नर अधिकारीले सहकारीको आर्थिक हिसाबकिताब हेरेर समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । सहकारी क्षेत्रलाई दोस्रो नियमनकारी निकाय गठन गरेर हेर्नुपर्ने उहाँको भनाइ छ ।

समितिका सभापति सूर्य थापाले सहकारीको उज्यालो भविष्यका लागि समितिको प्रतिवेदन महत्वपूर्ण हुने बताउनुभयो । सरोकारवाला सबै निकायको छलफलका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भइरहेको संयोजक थापाको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि