९ माघ २०८२, शुक्रबार
समाचार समाज

खुटिया नदीमा डुबेर बेपत्ता भएकी किशोरीको शव फेला

२३ भाद्र, काठमाडौं । कैलालीको धनगढी स्थित खुटिया नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ भने एक बालिकाको उद्धार गरिएको छ ।

आइतबार दिउँसो धनगढी उप–महानगरपालिका – १५ र ७ को बिचमा पर्ने बेली पुल नजिकै खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका – १४ का महादेव अवस्थीको छोरी १६ वर्षीय जेनिशा अवस्थीको मृत्यु भएको हो ।

नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएकी उनको शव नुहाइरहेको स्थानभन्दा ५ मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सँगै नुहाउन गएकी उनकी बहिनी १४ वर्षीय सवि अवस्थीको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनको सेती प्रदेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सिरियस रहेको प्रहरीको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि