९ माघ २०८२, शुक्रबार
समाचार समाज

दुबईबाट काठमाडौं ओर्लिएका २ महिलालाई पछ्याएर लुटपाट

२३ भाद्र, काठमाडौं। दुबईबाट काठमाडौं ओर्लिएका दुई महिलालाई पछ्याउँदै लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खोटाङको दिक्तेलका ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछापको लिखु तामाकोशीका २८ वर्षीय गुन्दास भन्ने मनोज भुजेल र बाजुराको त्रिवेणीका ३२ वर्षीय डम्मलाल पाध्याय रहेका छन्।

एक जना फरार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजि आचार्यले जानकारी दिए। प्रहरीका अनुसार साउन २९ गते दिउँसो उक्त गिरोहले २ थान आईफोन-१५, सामसुङ कम्पनीको दुई सेट मोबाइल, एप्पल कम्पनीको एक थान ल्यापटप र २ तोला दरको दुईवटा सिक्री लुटेको थियो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि