६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

भियतनाममा आँधीका कारण नौ जनाको मृत्यु

२३ भदौ,  काठमाडौँ । दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा  कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

आँधीका कारण भियतनामको विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाएको, डुङ्गा डुबाएको र पहिरो गएको बताइएको छ ।

उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा आज बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।

उत्तरी भियतनाममा शनिबार १४९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले भौतिक संरचनामा व्यापक क्षति गर्नुका साथै ठाउँठाउँमा रूखहरू ढालेको छ ।

हिजो हुरीले घरका छानालाई उडाएर टाढाटाढासम्म पुर्‍याएको र हुरीका कारण भएका दुर्घटनामा चार जनाको मृत्यु भएको विपद व्यवस्थापन अधिकारीले बताएका छन् ।

स्थानीय बासिन्दाका अनुसार तुआन चाउ टापुमा रहेको हाई औ नामक डुङ्गा पार्किङ गर्ने स्थानमा कम्तीमा २३ वटा डुङ्गामा गम्भीर क्षति पुगेको छ ।।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि