९ माघ २०८२, शुक्रबार
समाचार समाज

डेंगुबाट ४ जनाको मृत्यु

२० भदौ, काठमाडौँ । यसवर्ष मुस्ताङ र हुम्ला जिल्लाबाहेक ७५ जिल्लामा डेंगु फैलिँदा ६ हजार ८३१ जना संक्रमित भएका छन् ।

सन् २०२४ को सुरु अर्थात् गत पुसको मध्यदेखि हालसम्म डेंगु सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ ।

इडीसीडीका अनुसार सबैभन्दा धेरै डेंगुका बिरामी गण्डकी प्रदेशमा देखिएका छन् । प्रदेशमा डेंगु पुष्टि हुनेको संख्या तीन हजार २२९ पुगेको छ । गण्डकीको तनहुँ जिल्लामा मात्रै एक हजार १४९ जनामा डेंगु पुष्टि भएको छ । तनहुँपछि कास्कीमा ७६४ र पर्वतमा ६५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशमा एक हजार ७२३ मा डेंगु देखिँदा काठमाडौंमा ५५२ र चितवनमा ५३३ जनामा डेंगु संक्रमण देखिएको छ । यस्तै कोशी ८१५, लुम्बिनीमा ४७४, सुदूरपश्चिममा ३७९, मधेशमा १०६ र कर्णाली प्रदेशमा १०५ जना संक्रमित भेटिएका छन् ।

अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि