९ माघ २०८२, शुक्रबार
समाचार समाज

मन्त्रिपरिषद् बैठकः पर्यटन बोर्डमा दीपकराज जोशी, रेडियो नेपालमा अमरध्वज लामा नियुक्त

२० भदौ, काठमाडौं । मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले नेपाल पर्यटन बोर्ड र रेडियो नेपालमा नियुक्ति गरेको छ । पर्यटन बोर्डको सिइओमा दीपकराज जोशी र रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् ।

जोशी पर्यटन बोर्डकै पूर्वसिइओ हुन् । लामा रेडियो नेपालबाटै अवकाश पाएका पूर्वकर्मचारी हुन् ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त भएकी छिन् ।

त्यस्तै, बैठकले किसानको उधारो तिर्न सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिएको छ । यो रकमबाट डीडीसीले तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानी दिनुपर्नेछ।

त्यस्तै पैठकले पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गरी राष्ट्रको गौरव स्थापित गर्नुहुने खेलाडी पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय पनि गरेको छ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण पनि स्वीकृत गरेको छ । राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको टोली असोज पहिलो साता अमेरिका जान लागेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि