९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नवनिर्मित संसद भवनको निरीक्षणमा सभामुख, काम नसकिएकोमा चिन्ता

२० भदौ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सिंहदरवारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण गरेका छन् ।

बिहीबार दिउँसो सभामुखले पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको अवलोकन गरेका हुन् ।

भवन अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले छिटो भवन निर्माणको काम सकाएर नयाँ भवनबाट संसदको कामहरु गर्ने तिव्र इच्छा भएपनि प्रतिकुलताका कारण निर्माण कामहरु गर्न एकदमै गार्हो भइरहेको बताए । उनले अब पूर्ण रुपमा भवन निर्माण सम्पन्न गर्न अझै डेढ वर्ष लाग्ने देखिएको चिन्ता व्यक्त गरे ।

उनले भने,‘छिटो सकाएर संसदको कामहरु भवनबाट छिटो गतिविध गर्न पाए हुन्थ्यो भन्ने इच्छा छ । तर प्रतिकुलताहरु धेरै भएको कारण निर्माणको जिम्मा लगाएको टिमहरुले कामहरु गर्न एकदमै गार्हो भइरहेको छ । काम गर्न लाग्दा लाग्दै पनि चाहिएको मेनपावरदेखि लिएर अन्य कुरा जुटाउन सकिरहनुभएको छैन् । चैत्र २० भनेको अब सात महिना छ । त्यस समयभित्र बाहिरको भौतिक पूर्वाधारसम्म बनाइए पनि व्यवहारिक रुपमा अझै डेढ वर्षभन्दा अगाडि कार्यक्रमहरु गर्न नसक्ने हो कि भन्ने चिन्ता छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि