९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

कानुन कडा छ तर पालना गर्नेक्रम भने घट्दै गएको छ : पूर्वअर्थमन्त्री पुन

२० भदौ, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो समयमा कानुन कडा भएतापनि त्यसको पालना भने घट्दै गएको बताएका छन् ।बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिमा भएको बैङ्किक कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा भाग लिँदै उनले कानून बनाउदा धेरै भन्दा धेरै कार्यान्वयन योग्य नै बनाउनुपर्ने बताए ।

उनले भने,‘कानुन एकदम कडा छ तर त्यसलाई परिपालना एकदमै घटेर गएको छ । त्यसैले कानून बनाउँदा धेरै भन्दा धेरै कार्यान्वयन योग्य बनाउनुपर्छ । एकदमै गम्भीर प्रकारकामा त कम्प्रोमाइज गर्नुहुँदैन् ।’

उनले कार्यविधि बनाउन सरकारको पनि समन्वयमा राष्ट्र बैंक आफैंले कार्यविधि बनाउनुपर्ने धारणा राखे । राष्ट्र बैंकको गर्भनर र टिम सरकारले नै विश्वास गरेको टिम भएको हुँदा सरकारको परामर्श भन्दा बाहिर नगई राष्ट्र बैंक आफैंले कार्यविधि बनाउनु पर्ने बताएका हुन् ।

उनले भने,‘चेकसँग सम्बन्धित कानुन हो । सरकारले पनि थाहा पाउनुपर्छ समन्वय गर्नुपर्छ । तर राष्ट्र बैंकले कार्यविधि आफै बनाउनु पर्छ । राष्ट्र बैंकको गर्भनर र त्यहाँको टिम भनेको सरकारले नै विश्वास गरेको टिम हो । विज्ञहरु हुन्छन र समन्वय गर्न अर्थ सचिव नै त्यहाँ बस्ने भएकाले सरकारको परामर्श भन्दा बाहिर जाँदैन् । सरकार र अर्थ मन्त्रालयसँग सिँधै समन्वयमा नै हुन्छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि