२४ फाल्गुन २०८२, आईतवार
राजनीति समाचार

एकताबद्ध रूपमा पार्टीकाे काममा जुट्न प्रधानमन्त्री ओलीको आग्रह

२० भाद्र, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अगाडि सारेको मिसन-२०८४ सफल बनाउनुपर्ने अभिभारा रहेको भन्दै सोहीबमोजिम एकताबद्ध रूपमा पार्टीकाे काममा जुट्न आग्रह गर्नुभएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज सम्पन्न भएको पोलिटब्युरो बैठकको समापन गर्दै उहाँले पार्टीलाई स्वतन्त्रतापूर्वक निर्णय गर्नसक्नेगरी सुदृढ, बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढेको भन्दै पार्टी राजनीतिक वैचारिक र सैद्धान्तिक रुपमा स्पष्ट रहेको बताउनुभयो । अध्यक्ष ओलीले पार्टी शुद्धीकरण र सुदृढीकरणमा जोड दिनुभयो ।

बैठकमा महासचिव शङ्कर पोखरेलले यस वर्षका लागि तयार गरिएको वार्षिक कार्ययोजनामाथि पोलिटब्युरो सदस्यबाट प्राप्त सुझाव समेटेर सचिवालय बैठकले निर्णय गर्ने सहमति भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि