८ माघ २०८२, बिहीबार
समाचार समाज

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो: गृहमन्त्री लेखक

१९ भाद्र, धनगढी ।सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा आज(बुधवार) लेखकले  प्रहरीको सुविधासम्पन्न भवन निर्माणले नागरिकलाई सेवा प्रदान सहज हुने बताए ।

मन्त्रीले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ थियो ।

उनले मुलुकमा कांग्रेस र एमाले मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसदका दुई ठूला दल मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए । उनले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नगर्नसमेत आग्रह गरे ।

उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्पूर्ण नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले पूर्वाधार विकासमा जोड दिएको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि