८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

मुना पाण्डे हत्या प्रकरण : आमालाई अमेरिकाले दियो भिसा

१९ भदौ, काठमाडौं । अमेरिकाको ह्युस्टन राज्यमा गोली हानी हत्या गरिएकी २१ वर्षीया विद्यार्थी मुना पाण्डेकी आमा अनिता पाण्डे अमेरिका जाने भएकी छिन् ।

छोरीको गोली हानी हत्या भएपछिक विक्षिप्त बनेकी आमा अनिताले भिसाको आवेदन दिएकी थिइन् । काठमाडौंस्थित अमेरिकी दूतावासबाट अनितालाई भिसा प्राप्त भएको छ ।

मुना पाण्डेकी मामा छोरा सुरेश अधिकारीले भिसा प्राप्त भएको बताउँदै भोलि बिहीबार अनिता अमेरिका जाने तयारीमा रहेको बताए । ‘छोरीको शव हेर्न भए पनि फुपु दिदीले अमेरिका जाने बताउनु भएको थियो । त्यसका लागि भिसा अप्लाई गरेकोमा अहिले भिसा आइसकेको छ । भोलिका लागि टिकट समेत काटिसकेका छौं’ अधिकारीले भने ।

पाण्डेलाई ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली प्रहार गरी हत्या गरिएको थियो । उनको छातीमा गोली प्रहार गरी हत्या गरिएको थियो । मुना एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।

११ भदौमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको प्रहरीले मृत अवस्थामा भेट्टाएको थियो । हत्याको दुई दिन अघिदेखि उनको फोन अफ रहेको बताइएको छ ।

मुना ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत थिइन् । पढाइ सकेर एक वर्षमात्रै घर आउने उनले बताएकी थिइन् ।

पाण्डेको हत्या भएपछि सिसीटिभी फुटेजमा देखिएका संदिग्ध व्यक्तिको फोटो समेत प्रहरीले सार्वजनिक गरेर खोजी गरेको थियो ।

१३ भदौमा हत्या आरोपमा प्रहरीले बबी सिंह शाह नाम गरेका व्यक्तिका परेका थिए । उनी कुन देशका नागरिक हुन् त्यो पनि प्रहरीले खुलाएको छैन । प्रहरीले हालसम्म हत्याको कारण भने खुलाएको छैन । हत्यामा प्रयोग भएको हतियार पनि बरामद भए नभएको बताइएको छैन ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि