३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

पलेशा गोवर्द्धनलाई काठमाडौं महानगरले दियो ५ लाख

१९ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार विहान नगदसहित सम्मान गरेका हुन् ।

बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि