८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

मकवानपुरको राक्सिराङमा दुई दिन सार्वजनिक बिदा

१९ भाद्र,  काठमाडौँ । चेपाङ समुदायको बाहुल्यता रहेका मकवानपुरको राक्सिराङ गाउँपालिकाले न्वागी (छोनाम) पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रकृति पुजकका रुपमा चिनिने अति सीमान्तकृत समुदाय चेपाङ जातीको महत्वपूर्ण पर्व न्वागीको अवसरमा भदौ २१ र २२ गते सार्वाजनिक बिदा दिने निर्णय भएको पालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

स्थानीय सार्वजनिक बिदाका दिन गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय एवंम् शिक्षण संस्थाहरू बन्द रहने सूचनामा जनाइएको छ । विगतका वर्षहरुमा बागमती प्रदेश सरकारले पनि न्वागीको अवसरमा सार्वजनिक बिदा दिने गरेको थियो ।

यस वर्ष शनिबार नै न्वागी पर्व परेकाले बिदा दिने निर्णय नगरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं बागमती प्रदेश सरकारका प्रवक्ता शुरजचन्द्र लामिछानेले बताउनुभयो । बागमती प्रदेशका मकवानपुर, चितवन र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि