५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

मध्यपहाडी राजमार्ग पुनः अबरुद्ध

१९ भाद्र,  काठमाडौँ । मध्यपहाडी राजमार्ग पुनः अबरुद्ध भएको छ । मङ्गलबारको अबिरल वर्षापछि मध्यरातमा आएको पहिरोले राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका-२ कुखुरेटारस्थित मध्यपहाडी लोकमार्गमा सडकको माथीबाट ढुङ्गा माटोसहितको सुख्खा पहिरो आई अन्दाजी १५ मिटर जति बाटो ढाकेका कारण बाटो दुईतर्फी नै अवरोध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त स्थानमा प्रहरी चौकी ग्वालटारबाट गएको प्रहरी टोलीले सडक खुलाउने पहल भइरहेको छ । यसअघि दुई दिन अघि मात्रै मध्य पहाडी लोकमार्ग अन्तर्गत फिक्कल गा.पा. ५ पञ्चकन्या, थाम्लेघाट मा सडक माथिबाट सुख्खा पहिरो आइ सडक अवरुद्ध भएको थियो ।

जथाभावी खोलिएका ट्र्याक, सडक र कमजोर निर्माणका कारण मध्यपहाडी राजमार्गको ठाँउठाउँमा पहिरोको उच्च जोखिम छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि