८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

कैलारीमा दुई दिन सार्वजनिक बिदा

१९ भाद्र, धनगढी । कैलालीको कैलारी गाउँपालिकाले  दुई दिन बिदा दिने निर्णय गरेको छ । पालिकाले थारु समुदायको अट्वारी पर्वको अवसरमा  भदौ २३ र २४ गते बिदा दिने लागेको हो ।

भदौ २३ र २४ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यहाँका थारु समुदायले दुई दिन अट्वारी पर्व मनाउने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले २३ गते सार्वजनिक बिदा दिएका कारण कार्यपालिकाको बैठकले २४ गते थप एक दिन बिदा दिने निर्णय गरेको बताए ।

सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, बैङ्क तथा वित्तीय संस्थामा बिदा दिइएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । पश्चिम तराईबासी थारु समुदायका मानिसले धूमधामका साथ अट्वारी पर्व मनाउँदै आएका छन् । यस पर्वमा थारु पुरुषले व्रत बस्ने गर्छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि