५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

महसुल नतिर्ने तलेजु र चाँगुनारायण मन्दिरको काटियो बिजुली

१८ भाद्र, काठमाडौँ । दुई दशकदेखि महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको तलेजु मन्दिर र चाँगुनारायण मन्दिरको लाइन काटिदिएको छ ।

प्राधिकरण भक्तपुर वितरण केन्द्रका अनुसार चाँगुनारायण मन्दिरमा ३५ लाख ६९ हजार र तलेजु मन्दिरमा २३ लाख १८ हजार रुपैयाँ बक्यौता छ ।

यसमध्ये तलेजु मन्दिरमा २०६० साल र चाँगुनारायण मन्दिरमा २०६३ सालदेखिको बक्यौता रहेको बर्ताइएको छ ।

मन्दिरमा अन्यत्रै दिनेभन्दा कम दरमा बिजुली पठाउने गरिन्छ । सोहीकारण यो बक्यौतामा ठूलो मात्रामा बिजुली उपयोग भएको छ ।

बिजुली काट्नु अगाडि प्राधिकरणले मन्दिरको बिजुली बक्यौताको स्वामित्व लिन पटक-पटक स्थानीय सरकार, स्थानीय प्रशासन र गुठीदेखि पुरातत्त्व विभागसम्म पहल गरेको जनाएको छ । तर, कुनै पनि निकायले यसको स्वामित्व लिन नमानेपछि बाध्य भएर लाइन काट्नु परेको प्राधिकरणको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि