८ माघ २०८२, बिहीबार
समाचार समाज

आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

१८ भाद्र, काठमाडौँ । काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा आज बिहानेदेखि देखि अपराह्न ४  बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो ।

अनामनगर पुर्वीगेट हुँदै हनुमान स्थान, सिंहदरबार दक्षिणगेट हुँदै न्युरो हस्पिटल अगाडी,प्रभु बैङ्क अगाडी धोवीखोलाहुदैं सेतोपुल मैतीदेवी जाली कारखाना, घटेकुलो एरिया र गोर्खा एफएम सम्मको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि