१४ चैत्र २०८२, शनिबार
समाचार समाज

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

१८ भाद्र,  हेटौँडा । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी र हेटौँडामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको हो ।

मकवानपुरको भीमफेदी ६ जुरीखेतको हेटौँडा-काठमाडौं सडकखण्डमा भएको दुर्घटनामा प्र.२-०३-०११ प ३४७४ नम्बरमा सबार मोटरसाइकल चालक पर्सा वीरगन्ज-१५ लक्षुमन्वा बस्ने वर्ष ४० को वृत नारायण यादवको मृत्यु भएको हो । सोही मोटरसाइकल पछाडि बस्ने बारा जिल्ला फेटा गाउँपालिका ७ बस्ने रमेश पाण्डे घाइते भएका छन् ।

सोमबार नै मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ मा सिमेन्ट लोड रहेको बा.प्र ०३.००१ ख २०८६ नम्बरको ट्रकको ठक्करबाट बा.प्र.०२-०२२ प २५०२ नम्बरमा सबार हेटौँडा-९ का २५ वर्षीय अभिषेक सुबेदीकोको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि