१४ चैत्र २०८२, शनिबार
समाचार समाज

बेवारिसे अवस्थामा महिलाको शव फेला

१८ भाद्र, काठमाडौँ मकवानपुर बागमती गाउँपालिका ४ चौरादोभानस्थित बागमती नदीको बिच बगरमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार नाम, थर र ठेगाना नखुलेको करिब २४÷२५ वर्षीया महिलाको शव सोमबार साँझ फेला परेको हो ।

लास घोप्टो अवस्थामा फेला परेको छ भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको प्रहरी टोलीले घटनास्थल र शवको जाँच मुचुल्का गरी आवश्यक कारबाहीका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि