२९ माघ २०८२, बिहीबार
खेलकुद

श्रीलंकाली क्लब ब्लूमफिल्डसँग नेपाल ६ विकेटले पराजित

१० साउन, काठमाडौं । श्रीलंकामा एसिया कपको तयारी गरि रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल मा नेपालले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भएको छ ।

नेपालका लागि आजको खेलमा सोमपाल कामीले टिमको कप्तानी सम्हालेका थिए । नेपालले  ब्लूमफिल्डकै मैदानमा टस जितेर ब्याटिङ रोजेको थियो । टस जितेर ब्याटिङ रोजेको नेपाल ४३.४ ओभरमा १९७ रन बनाउँदै अलआउट भएको हो ।

नेपालले दिएको १९८ रनको लक्ष्य ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । ब्लूमफिल्डका लागि हसिता बोयागोडाले ५३ बलमा ७ चौका र ७ छक्कासहित ९० रनको आक्रमक इनिङ खेले । उनी प्रतिश जि.सीको बलमा अर्जुन साउदबाट क्याच आउट भए ।

ओपनर सानदुन विराकोडी २२ बलमा ५ चौका र १ छक्कासहित ३१ र असिथा वानिनायाके १ रनमा आउट भए । अशान फेनान्डो ५४ बलमा ६ चौका र २ छक्कासहित ५६ रनमा अविजित रहे ।

नेपालका स्पिनर सूर्य तामाङले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि, पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुन साउद बाहेक कुनैपनि ब्याटरको प्रदर्शन सन्तोषजनक रहेन । साउदले १ सय १३ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए ।

आजको खेलमा देव खनाल र विकेटकिपर अर्जुन साउद ओपनर जोडी बनेका थिए ।

ओपनर देव खनाल ३४ बलमा २२ रन बनाए । पहिलो विकेटका लागि देव खनाल र अर्जुन साउदले ३८ रनको साझेदारी बनाएका थिए । तेस्रो क्रममा आएका बाँया हाते ब्याटर गुल्सन झाले अर्जुनसँग ३७ रनको साझेदारी बनाए । उनले २५ बलमा ९ रन मात्रै जोडे ।

सन्दीप जोरा २७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए  ।

त्यसपछिका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल मल्ल ३, पवन सरार्फ १०, सोमपाल कामी ११, प्रतिश जि.सी १६ र करण केसी ११ रनमा आउट भए ।

ब्लूमफिल्डका मलिन्डा परेरा, दिनेश समराविक्रमा, निमेश थारुणु र विनिनायाकेले समान दुई विकेट लिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected