७ जेष्ठ २०८१, सोमबार
खेलकुद समाज

नेपालविरुद्ध जोनसनको शतक

१९ वैशाख, काठमाडौं ( वेस्टइन्डिज ए का ओपनर जानसन चाल्र्सल तेस्रो टी२० खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका छन् । उनले ५५ बलमा शतक पूरा गरेका हुन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ए ले १७ ओभरमा २ विकेट गुमाउँदै १८२ रन बनाएको छ । जोनसन ५६ बलमा १२ चौका र ६ छक्कासहित १०५ रनमा क्रिजमा छन् । आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए ।

स्पिनर सागर ढकालको बलमा टीयु एण्डको लङअनमा ठूलो सट खेल्ने धुनमा दीपेन्द्रबाट बाउन्ड्री नजिकै क्याच आउट हुन पुगे । दोस्रो विकेटका लागि फ्लेचर र जोनसन चाल्र्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए । त्यो समय वेस्टइन्डिज ३.१ ओभरमा २७(१ को अवस्थामा थियो । त्यसपछि भने नेपाली बलरले दोस्रो विकेट लिन १५.५ ओभर पर्खनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्