८ माघ २०८२, बिहीबार
समाचार समाज

अलिशा हत्याकाण्ड : आरोपित समीर खानसहित थप चारजना पक्राउ

१७ भाद्र, काठमाडौँ । गत भदौ ९ गते हत्या गरिएको अलिसा न्यौपानेका हत्याको आरोपित समीर खानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–५ लटिनाथ मन्दीर क्षेत्रबाट समीर खान भनिने चाद खा पैठानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ ९ गते राति मकवानपुरको हेटौंडा–१० बसपार्कमा रहेको रत्ना होटलमा लगेर दोश्रो श्रीमतीको रुपमा रहेकी न्यौपानेलाई हत्या गरेको आरोप खानमाथि छ ।

९ गते राती नै हत्या गरेर फरार खानलाई प्रहरीले ८ दिनपछि पक्राउ गरेको हो । ९ गते राती बा ६४ प १३५ नम्बरको मोटरसाइकलमा रत्ना होटल पुगेर रुम नम्बर १०५ मा बसेको केही समयपछि खान होटलको काउन्टरमा आएर राती ९ः१३ बजे होटलबाट बाहिरिएको प्रमाण भेटिएको प्रहरीको भनाई छ । अलिसाको कोठा १० गते बिहान अबेरसम्म नखुलेपछी प्रहरी घटनास्थल पुग्दा उनी मृत फेला परेकी थिइन् ।

प्रहरीले कर्तव्य ज्यानको मुद्दाका खानलाई भाग्न सहयोग गर्ने निजको आमा सैरुन खान, उनकी श्रीमती रविना खातुन , ससुरा लालबाबु पैठान र जेठान फैयाज अहमतलाई पनि पक्राउ गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि