१४ चैत्र २०८२, शनिबार
समाचार

डोटी बहुमुखी क्याम्पससहित ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

भदौ १७,  काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना निकालेर काठमाडौँ उपत्यकाका तीनसहित ११ वटा क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।

त्रिविले काठमाडौँका रत्न राज्यलक्ष्मी क्याम्पस र विश्वभाषा क्याम्पस, ललितपुरको पाटन संयुक्त क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, सुर्खेतको शिक्षा क्याम्पसका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो ।

यसैगरी सिराहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, जनकपुरको रामस्वरुप रामसागर क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, डोटीको डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन माग गरेको हो ।

योग्य उम्मेदवारले आउने २४ गतेभित्र आवेदन पठाउन सक्ने सूचनामा उल्लेख छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि