१४ चैत्र २०८२, शनिबार
समाचार

२१ वटा आइफोनसहित एक युवक पक्राउ

भदौ १७,  काठमाडौं । कैलालीमा २१ वटा आइफोनसहित एक युवक पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका-१ सुख्खड बस्ने २७ वर्षका राजु चौधरी पक्राउ परेका हुन् ।

उनलाई सोमबार ८ लाख ४० हजार मूल्य बराबरका एप्पल कम्पनीका २१ वटा सेकेन्डहेन्ड आइफोनसहित पक्राउ गरिएको कैलाली प्रहरीले बताएको छ ।

आज बिहान ११ बजे धनगढी विमानस्थलको यात्रु प्रवेशद्वार नजिक रहेको एक्सरे मेसिनमा काठमाडौँ पठाउने भनी राजुले कार्टुनमा प्याक गरी ल्याएका आइफोन फेला पारी बरामद गरेर त्रिनगर भन्सार कार्यालय कैलाली पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि