८ माघ २०८२, बिहीबार
समाचार समाज

किशोरीले बागमतीमा हाम फालेपछि‍‍‍‍…..

काठमाडौं । ललितपुर महानगरपालिका ९ च्यासलस्थित दोभान खोलाको पुलबाट एक जना किशोरीले बागमती नदीमा हामफालेकी छन् ।

प्रहरीले घटनाको जानकारी पछि खोजी कार्य सुरु गरेको जनाएको छ । त्यसक्रममा पुलमुनि २० वर्षकी अञ्जली शर्माको नोटसहित ब्याग र मोबाइल पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्राप्त नोटमा रुकुम मुसिकोट घर भइ हाल ललितपुरको बालकुमारीस्थित कोठामा बस्दै आएको व्यहोरा खुलेको छ । तर उक्त नोट हामफालेकै युवतीको हो कि होइन भन्नेमा प्रहरीले यकिन गरेको छैन ।

हामफल्ने युवतीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि