८ माघ २०८२, बिहीबार
समाचार समाज

जुम्लामा चट्याङले मरे ५० बढी भेडा

१६ भदौ, काठमाडौं । जुम्लामा चट्याङ लागेर ५० वटाभदा बढी भेडा मरेका छन्। गए राति दुई ठाउँमा चट्याङले ५० वटाभन्दा बढी भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदीलाल कमातीले जानकारी दिए

उनकाअनुसार तातोपानी गाउँपालिका वडा नम्बर ४ लामाचौर पाटनमा १२ वटा भेडा मरेको खबर प्राप्त भएको हो। त्यसैगरी पातारासी गाउँपालिका वडा नम्बर २ तनेपाटनमा पनि ५२ वटा भेडा मरेको प्रहरीले जनाएको छ।

यसबारे बुझ्न प्रहरी घटनास्थलतर्फ गइरहेको छ। प्रहरी चौकीबाट घटनास्थल टाढा रहेको हुँदा प्रहरीको टोली अहिलेसम्म पुग्न नसकेको हो। यसबारे विस्तृत विवरण पछि आउने डिएसपी कमातीले बताए।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि