८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म पैदल मार्च

१६ भदौ, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा आइतबार अधिकारकर्मीले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरदेखि प्रधानमन्त्रीको निवास बालुवाटारसम्म पैदलमार्च गरेका हुन् ।

प्रदशर्नकारीले निर्मला कुर्मीलाई न्याय देऊ, मानव अधिकार र कानुनी राज्यको संरक्षण गर लगायतका नारा लेखिएको कार्ड बोकेका छन् । काठमाडौंमा सिमसिम पानीकै बीच पनि प्रदर्शनकारीले रुझ्दै माइतीघर मण्डलदेखि बालुवाटारसम्मको पैदलयात्रा सुरु गरेका छन् ।

महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान, महिला विश्वासी संघ, साप नेपाल, जागरण नेपाल, मिलिजुली समाज, मितिनी नेपाल, ल्याक, युथ एडभाकेसी नेपाल र एबीसी नेपालको आयोजनामा गरिएको प्रदर्शनलाई बृहत नागरिक आन्दोलनले ऐक्यवद्धता जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि