५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

१६ भाद्र, काठमाडौं । कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार गोदावरी नगरपालिका – १ धनगढी रोडमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा चालक धनगढी उप– महानगरपालिका २ भन्सार रोडका  २९ वर्षीय कैलाश थापाको मृत्यु भएको हो ।

६ लेन सडक छेउमा रोकिएको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किदा गम्भिर घाइते भएका थापाको सेती प्रादेशिक अस्पतालमा पु-याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार धनगढी उप–महानगरपालिका – २ भन्सार रोडका  २५ वर्षीय भुपेश पाल घाइते भएका छन । उनको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले ट्रक, ट्रक चालक बझाङको बित्थडचिर गाउँपालिका – २ का २४ वर्षीय भरत बोहरा र मोटरसाइकललाई नियन्त्रमा लिएको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि