८ माघ २०८२, बिहीबार
समाचार समाज

इलाममा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

१५ भाद्र, काठमाडौं । इलाममा शनिबार बेलुका भारी वर्षा भएको छ । सोक्तिम वर्षामापन केन्द्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यहाँ थप वर्षा हुनसक्छ । वर्षासँगै खोलाहरूमा जलसतह बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“भदौ १५,राति ८ः२० बजेपछिल्लो एक घण्टामा इलाम जिल्लाको सोक्तिम वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेको छ । सो क्षेत्र भई बहने माईखोला, गरुबाखोलालगायत अन्य स–साना खोलाहरूमा जलसतह बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा रहनुहनेहरूले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि