८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत भेटिए

१५ भाद्र, काठमाडौं । मोरङको सुन्दरहरैंचा– ७ बेलगाछीमा एकै घरका दुई बालिका मृत अवस्थामा  फेला परेका छन्।शनिबार साँझ ५ बजेतिर घाँस काट्न आउनेले केराबारी जङ्गलमा  मृत बालिका फेला पारेका हुन् ।

उनीहरू स्थानीय अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरी भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार मृत बालिकाकी आमा र बालिका शुक्रबार बेलुकादेखि सम्पर्कबिहीन भएका थिए।

प्रहरीका अनुसार अँगालो हालेको अवस्थामा फेला परेका उनीहरुको छेउमा विषादीको बट्टा पनि भेटिएको छ।घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि