२४ फाल्गुन २०८२, आईतवार
राजनीति समाचार

‘रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेका होलान्, असम्भव !’

१५ भाद्र, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ मा आफ्नो पार्टी राँको बनेर आउने बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार भएको रास्वपाको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा सकिन्छ भन्ने नसोच्न चेतावनी दिए। ‘रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेका होलान्, असम्भव। ०७९ मा झिल्को बन्यौँ, ०८४ मा राँको बनेर आउँछौँ।’

कांग्रेस–एमालेको वर्तमान सत्तागठबन्धनबाट जनताले केही पाउन नसक्ने भन्दै उनले बाँकी तीन वर्ष बाँडीचुँडी खाने मात्र भएको उनको टिप्पणी छ ।

‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुनेछैन,’ उनले भने, ‘हदै भए, बाँकी तीन वर्ष बाँडीचुँडी खानुहोला, ०८४ मा त घण्टी बज्छ–बज्छ।’उनले सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताए। ‘हुँदै नभएको प्रमाण १२–१४ महिना खोज्दा भेटेनन्। भेटेका भए किन छोड्थे? अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन्। तर, सक्दैनन्। किनकि, मैले कुनै कमजोरी गरेको छैन,’ उनले भने।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि