१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार समाज

सामाजिक सुरक्षा कोषमा योगदानकर्ता र योगदान रकम बृद्धि

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान रकम वृद्धि भएको छ । सूचीकृत योगदानकर्ताको संख्या पनि बढेको कोषको तथ्यांकले देखाउँछ ।

कोषको खातामा योगदान रकमबापत ६३ अर्ब ५६ करोड १८ लाख रुपैयाँ संकलन भएको छ भने१५लाख८६हजारपाँचसय५५जनायोगदानकर्ताकोषमासूचीकृतभएकोदेखिन्छ।

पछिल्लो तीन सातामा छ अर्ब ३७ लाख रुपैयाँ योगदान रकम थपिएपछि योगदान रकम बृद्धि भएको कोषको वेभसाइटमा उल्लेख भएको तथ्यांकले देखाउँछ ।

२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलनको थालनी गरेको थियो । पछिल्लो समय सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि हुन पुगेको हो ।

कोषमा सूचीकृत रोजगारदाताको संख्या १९ हजार चार सय ९० छ । कोषले हालसम्म १० अर्ब ५९ करोड ४१ लाख रुपैयाँँ दाबी भुक्तानी गरेको जनाएको छ । कोषले अहिले पनि रोजगारदाता, योगदानकर्ता सूचीकृत गर्दै आएको छ ।

औपचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोषमा रकम र आवद्धता बढेको पाइएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि