८ माघ २०८२, बिहीबार
समाचार समाज

मुख्यसचिव नभएपछि सचिव ज्ञवालीद्वारा राजीनामा

१४ भाद्र, काठमाडौं । मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै सचिव डा.तोय नारायण ज्ञवालीले राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत ज्ञवालीले आगामी २२ भदौदेखि अवकाश पाउन लागेका थिए ।

हालका सचिवहरुमध्ये वरियतामा उनी पहिलो स्थानमा थिए । तर, सरकारले कार्यक्षमताका आधारमा एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेपछि ज्ञवालीले राजीनामा दिएका हुन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको राजीमा पनि स्वीकृत गरेको छ ।

अर्याल १५ भदौपछि लागू हुने गरी मुख्यसचिव बनेका हुन् ।

मुख्यसचिवको प्रतिस्पर्धामा पहिलो बरियतामा तोयनारायण ज्ञवाली, दोस्रोमा रामकृष्ण सुवेदी र तेस्रोमा दिनेश भट्टराई थिए। चौथो नम्बरमा रहेका अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास जितेर मुख्यसचिव भएका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि