१४ चैत्र २०८२, शनिबार
समाचार समाज

१ किलो लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ  । धादिङको गजुरी गाउँपालिकास्थित गजुरी बजार नजिकैबाट प्रहरीले २१ किलो लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नम्वर-८ पाखुरे निवारी ४३ वर्षीय भक्तबहादुर तामाङ र २७ वर्षीय रमेश तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गजुरी बजारबाट बुटवलतर्फ जान लागेको गाडिबाट उनीहरुलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार उनीहरुको जिल्ला अदालत धादिङबाट ७ दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि