२४ फाल्गुन २०८२, आईतवार
राजनीति समाचार

माओवादीले चैँ संविधानले नस्वीकारेको भाषा बोल्न मिल्छ ? भन्दै शंकर पोखरेलले उठाए प्रश्न

१३ भाद्र, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले संविधान नस्वीकारेको भाषा बोल्न मिल्छ भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रश्न गरेका हुन् । पोखरेलले संविधानले जनयुद्ध नचिन्ने तर माओवादीले जनयुद्ध भनिरहेको बताए । एमाले र काँग्रेसलाई संविधानको भाषा बोलेन भनेर विरोध गर्ने माओवादीले चैँ संविधान नस्विकारेको भाषा बोल्न मिल्छ र ? भन्दै उनले प्रश्न गरेका छन् ।

‘अहिले माओवादीका मित्रहरू माओवादी आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भएको देखिन्छ’, उनले उल्लेख गरेका छन्, ‘तर संविधानले जनयुद्ध चिन्दैन माओवादी सांसदहरु जनयुद्ध भनिरहेकै सुनिन्छ । एमाले र काँग्रेसलाई संविधानको भाषा बोलेन भनेर विरोध गर्नेले माओवादीले चैँ संविधानले नस्विकारेको भाषा बोल्न मिल्छ र ?’

हाल संसदमा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको आरोप लगाउँदै पोखरेलले लेखेका छन्, ‘नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समीकरणका विरुद्धमा उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण हो । प्रचण्डको गलत र कुन्ठाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्तापक्षवाट हुनु स्वभाविक नै हो । त्यसवाट माओवादीका मित्रहरू धेरै उद्वेलित हुनु पर्दैन ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि