८ माघ २०८२, बिहीबार
समाचार समाज

महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता

दार्चुला – दार्चुला स्थित महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छिन । बिहीबार दिउँसो ४ बजेतिर नौगाड गाउँपालिका–४ सिप्टीकी १७ वर्षीया किशोरी ममता टमटाले रिङ्नेताल क्षेत्रबाट महाकालीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंह अनुसार गाउँबाट सदरमुकाम आमासँगै आइरहेकी किशोरीले महाकालीमा हाम फालेकी थिइन ।

दुई बहिनी र दुई दाजुभाइ रहेकी टमटाको घरमा बुवा र दाइको पहिले नै निधन भइसकेको बेपत्ता किशोरीका आफन्तले बताएका छन् । महाकाली आसपासमा रहेका प्रहरी युनिटहरुलाई समेत बेपत्ता भएकी किशोरीको खोजी गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि