२४ फाल्गुन २०८२, आईतवार
राजनीति समाचार

सडक बालबालिकामुक्त समाज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

१२ भाद्र,  काठमाडौँ  । बालबालिकाको क्षेत्रमा क्रियाशील रहेको बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आज बालबालिकाको विभिन्न मुद्धाहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ ।

सिजपको अध्यक्ष मिना शर्मा लगायतको टोलीले आज प्रधानमन्त्रीलाई २४ बुँदे ध्यानाकर्षण बुझाइ बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने मान्यताको साथ काम गर्न सरकारलाई ध्यानाकर्षण गरेका छन् ।

सडक बालबालिका मुक्त नेपाल बनाउने अभियानको प्रभावकारी कार्यान्वयन, सर्वोच्च अदालतको फैसला बमोजिम बाल अदालत गठनका साथै बालबालिकाका निम्ति निश्चित प्रतिशत बजेटको सुनिश्चितता,बाल बजेट संकेत (कोड)को व्यवस्था गर्न, बालपोषण भत्ता ७७ वटै जिल्लामा विस्तार गरी हाल प्रदान गरिरहेको रकमलाई वृद्धि गरी कम्तिमा एक हजार पुर्‍याउन लगायतको काम हरू गर्न सम्बन्धित निकायलाई निर्देशन दिन ध्यानाकर्षण पत्रमा भनिएको छ ।

त्यसैगरी बाल सुधार गृहमा देखिएका समस्याको तत्काल सम्बोधन गर्दै, बाल सुधार गृहको क्षमता अनुसार बालबालिकालाई राखिनु पर्ने र गृहमा देखिएका समस्या उनीहरूको शिक्षा, स्वास्थ्य, मनोविमर्श, संरक्षणको सुनिश्चितता गर्दै बाल सुधार गृहमा १८ वर्षभन्दा कम उमेरकालाई मात्र राख्ने कुरा ग्यारेन्टी गरिनु पर्ने समेत ध्यानाकर्षण पत्रमा गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि