८ माघ २०८२, बिहीबार
समाचार समाज

रामेछाप पहिरो अपडेट: मृतकको संख्या आठ पुग्यो, दुई जना अझै बेपत्ता

१२ भाद्र, काठमाडौं । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार बिहान गएको पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

बेपत्ता तीन जना मध्ये बुधबार बिहान पहिरोमा पुरिएको अवस्थामा थप एक जनाको शब फेला परेपछि मृतकको संख्या आठ पुगेको हो ।

नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजि गर्ने क्रममा पहिरोले पुरेको अबस्थामा सोमबार दिउँसो स्थानीय २३ बर्षकी बिन्दा पहरीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदिप कुमार सिंहले जानकारी दिनुभयो ।

पहिरोमा अझै दुई जना बेपत्ता छन् । पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोका कारण लेखर्कका ५९ परिवार बिस्थापित भएका छन् ।

बिस्थापित परिवारलाई गाउँ नजिकैको कण्ठेश्वर माविको भवन र गाउँ पालिकाको खाली कोठाहरुमा राखिएको गाउँपालिकाले जनाएको छ ।

यसैबिच सोमबार दिउँसो बसेको जिल्ला बिपत्त व्यबस्थापन समितिको बैठकले मृतक परिवारप्रति श्रद्धान्जली व्यक्त गर्दै रातह बितरणका लागि एकद्धार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा बसेको बैठकले बिस्तापितहरुको अबस्था र व्यबस्थापनका लागि अध्ययन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि