८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

पृथ्वी राजमार्गमा गुडिरहेका ६ वटा गाडी आपसमा ठोक्किए

१२ भाद्र, काठमाडौँ । तनहुँमा ६ वटा गाडी ठोक्किएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा ६ वटा गाडीहरू आपसमा ठोक्किएका हुन् । त्यस क्रममा ४ जना घाइते भएका तनहुँ प्रहरीले जानकारी दिएको छ ।

पोखराबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ५ ख २०३४ नम्बरको बसले ग २ ख १३९० नम्बरको ट्रकलाई ठक्कर दिएपछि त्यसले ग ३ च ८३९० नम्बरको जिपलाई ठक्कर दिएको थियो ।

त्यसपछि जिपले ग १ ख ९५६१ नम्बरको बस, ना १ च ८४३४ नम्बरको जिप र ना २ ख ३७८९ नम्बरको माइक्रो बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सुरुमा ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । ठक्कर लागेका सबै सवारी साधनमा क्षति पुगेको छ । दुर्घटनामा घाइते भएकाहरू सामान्य उपचापछि डिस्चार्ज भएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि