८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

मिर्गौलापीडित बोहरालाई डेढ लाख सहयोग

१२ भदौ, त्रिवेणी (रुकुमपश्चिम) । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ बेतखोलाका मिर्गौलापीडित २६ वर्षीय टोपबहादुर बोहरालाई रु एक लाख ६१ हजार सहयोग गरिएको छ ।

सहयोगबापत सङ्कलन भएको उक्त रकम मिर्गौलापीडित बोहराका बुवा ठानबहादुर बोहरा र आमा शर्मिला बोहरालाई हस्तान्तरण गरिएको छ । त्रिवेणी–२ का ‘हाम्रो युवा समाज’मा आवद्ध व्यक्तिहरुबाट सङ्कलित रु ५३ हजार र अन्य व्यक्तिबाट सङ्कलन भएको रु एक लाख ७ हजार ओली दम्पतीलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष शक्तिकिरण विसीले जानकारी दिए ।

केही समयअघि दुबै मिर्गौलाले काम गर्न छाडेपछि बोहराको उपचारका लागि रकम सङ्कलन अभियान सञ्चालन गरिएको थियो । सो रकमबाट पीडितलाई सहयोग पुग्ने अध्यक्ष विसीले बताए । बोहराको विगत चार महिनादेखि काठमाडाँैस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि