५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

आफ्नै शरीरमा आगो लगाएपछि‍‍‍‍

१२ भाद्र,  चितवन । बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । बाराको गढीमाई नगरपालिका-४ घर भई हाल भरतपुर महानगरपालिका-३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो शरीरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार जैसवालले आफू सुत्ने कोठामा कोही नभएको समयमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

सोमबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका जैसवालको उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको प्रहरीले आज जानकारी दिएको छ । उनको काठमाडौँस्थित कीर्तिपुर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नायब उपरीक्षक रिजालले बताए । रासस

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि