२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

डढेलो नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छ : मन्त्री ठकुरी

११ भाद्र, काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोको प्रभावकारी नियन्त्रणका लागि दक्ष जनशक्ति र आगो निभाउन अति आवश्यक अवस्थामा हेलिकप्टर र रसायनको कमी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदको मौखिक प्रश्नहरूको जवाफ दिँदै उनले डढेलो नियन्त्रण गर्न उद्धारका लागि हेलिकप्टर अत्यावश्यक र प्रभावकारी हुने भए पनि सीमित स्रोत तथा साधन र बजेट पर्याप्त नभएको जानकारी गराए ।

मन्त्री ठकुरीले डढेलो नियन्त्रणका लागि पूर्व तयारी सम्बन्धमा सचेतना सप्ताह सञ्चालन गर्दै आइएको, हरेक जिल्लामा तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिएको, अग्निपथ एवं अग्निरेखा निर्माण गरेको र सम्पूर्ण सरोकारवालालाई तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको जानकारी गराए ।

उनले डढेलो लाग्ने मौसममा हरेक जिल्लामा ‘डढेलो नियन्त्रण दस्ता’ भर्ना, तालिमको व्यवस्था, साधनहरू उपलब्ध गराई काममा लगाउने गरिएको जानकारी गराए ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि