८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री भन्छन्– विरोध गर्न कारण चाहिँदैन, उनीहरु भत्ता पचाइरहेका छन्

१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाली समाजमा केहीले भत्ता पचाउन विरोध गरिरहेको आरोप लगाएका छन् ।

अहिले नेपाली समाजमा विरोध गर्न, कसैको इज्जतमा धावा बोल्न, अपमानजनक अभद्र शब्दहरु प्रयोग गर्न केही कारण नचाहिने भन्दै ओलीले भने, ‘ती युवाहरु, ती व्यक्तित्वहरु यत्तिकै त्यसो गरिरहेका छैनन् । तिनीहरु पारिश्रमिक पचाइरहेका छन्, भत्ता पचाइरहेका छन् ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै ओलीले यस्तो बताएका हुन् । यत्तिकै चिन्दै नचिनेको मान्छेलाई जथाभावी अपशब्द बोल्ने, अपमान गर्ने कसैले इच्छा राख्नै नसक्ने भन्दै उनले भने, ‘इच्छा जब परनियन्त्रणमा हुन्छ, तब त्यो एकढंगले भन्ने हो भने यसका लागि एउटा बाध्यता बढ्दै जान्छ । त्यही बाध्यता बढ्दै गएर समाजमा उच्छृङ्खलता, फाटो मच्चाउने काम हुन्छ ।’

कोही के नाममा, कोही के नाममा यस्ता शक्तिहरु सल्बलाइरहेका देखेको भन्दै ओलीले भने, ‘कोही मुक्तिका नाममा कोही धर्मका नाममा, अनेक प्रकारका शक्तिहरु समाजमा शान्ति खल्बल्याउन र समाजलाई बिथोल्नका लागि प्रयासरत छन् ।’

त्यस्ता शक्तिलाई देशको विकाससँग सरोकार नरहेको भन्दै उनले भने, ‘उनीहरुलाई देशमा शान्ति सुव्यवस्था, अमनचयनसँग सरोकार छैन । उनीहरुलाई अरुका अधिकारमाथि अतिक्रमण गर्नु हुँदैन भन्ने छैन ।’

ओलीले देशलाई अझ बढी अस्थिरता, अन्यौलता र अराजकतातर्फ लिएर जाने प्रयास भइरहेको भन्दै २०७९ फागुनमा गोंगबुमा भएको लुटपाटको घटना समेत स्मरण गरे ।

‘अलिकति मौका मिल्यो भने गोंगबुमा लुटपाट भएको हामीले देख्यौं, ठूलो क्रान्तिकारी देखिनेहरु के गरे भने मोबाइल झोलामा हाल्दै भाग्दै गरे’, ओलीले थपे, ‘ठूलो कुराको गन्तव्य के रहेछ भने मोबाइल खल्तीमा हाल्दै भाग्दै त्यस्ता कुराहरुमा हरदम सतर्क हुनुपर्छ ।’

यस्ता कुरामा ध्यान दिन ओलीले प्रहरी प्रशासनलाई निर्देशन समेत दिए ।

कार्यक्रममा मुख्यसचिव, प्रमुख प्रमुख, निमित्त सेना प्रमुखदेखि उच्च सुरक्षा अधिकृतहरुको उपस्थिति थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि