६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

टेलिग्रामका सीईओ पक्राउ

९ भदौ, काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोभ पक्राउ परेका छन् । आफ्नो निजी जेटमा पेरिसको ले बोर्गे एयरपोर्ट पुगेका उनलाई फ्रान्सेली प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

फ्रान्सेली प्रहरी अधिकारीहरूका अनुसार ३९ वर्षीय दुरोभलाई म्यासेजिङ एपसँग सम्बन्धित अपराधमा वारेन्टअन्तर्गत पक्राउ गरिएको हो ।

रुसको सरकारी समाचार एजेन्सी टासले फ्रान्समा रहेको रुसी दूतावासले पनि स्थिति सम्हाल्न तत्काल कदम चालिरहेको जनाएको छ । टेलिग्राम एप रुस, युक्रेन र यस क्षेत्रका देशहरूमा धेरै लोकप्रिय छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि