२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

वर्तमान सरकारले उत्कृष्ट काम गरेर देखाउँछ : मन्त्री सिंह

९ भदौ, काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले अगाडिको सरकार भन्दा उत्कृष्ट काम गरेर देखाउने बताएका छन् । त्यसका लागि योजना अनुसारका काम अगाडि बढाइरहेको बताएका छन् ।

आइतबार वर्तमान अवस्थामा आपुर्ती व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।
उनले भने, ‘वर्तमान सरकार कांग्रेस एमालेलगायत अरु दलहरु मिलेर बनेकाले सुशासनदेखि हरेक कुरामा राम्रो गरिरहेको छ । अझै अगाडिको सरकारको अवस्था भन्दा राम्रो सुधार गर्नको लागि काम अगाडि बढाउँदैछौं ।’

साथै उनले उपभोक्ताको जीवन सहज गर्न बजारमा देखिएका आपूर्ति सिस्टममा देखिएका कमीकमजोरीलाई हटाउनुपर्ने धारणा व्यक्त गरे । उनले बजारमा देखिएका समस्यालाई सरकारले समाधान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि