५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

डोटीमा सर्पले डसेर एक महिलाको मृत्यु

डोटी । डोटीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका-१ बाँझ बस्ने धन बहादुर खड्काकी श्रीमती वर्ष २७ की निर्मला खड्काको सर्पको टोकाईबाट शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

घर नजिकै खेतमा घाँस काट्ने क्रममा बायाँ खुट्टामा डसेर घाइते भएकी खड्कालाई उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा ल्याइएको थियो । उपचारको क्रममा साँझ ६ बजेतिर मृत्यु भएको  प्रहरी नायब उपरीक्षक भट्टराईले बताए  ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि