५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

खोलामा डुबेर दुई किशोरको मृत्यु

रुपन्देही । कपिलवस्तुमा फुटबल खेलेर खोलामा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु भएको छ । बाणगंगा नगरपालिका- ८ ढोडेकोलका दुई युवकको डुबेर शनिबार मृत्यु भएको हो ।

मोर्मीस्थित कोइलीखोलामा नुहाउन गएका ढोडेकोलका ठाकुर भण्डारीका १५ वर्षका छोरा प्रतीक र सोही ठाउँ बस्ने कृष्ण सापकोटाका १६ वर्षीया सरोज सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिए ।

साथीहरुसँग नजिकै फुटबल खेलेर गर्मी भएपछि नुहाउन खोलामा गएको स्थानीयले बताएका छन् ।

शनिबार दिउँसो साढे ३ बजेतिर नुहाउने क्रममा हराएपछि स्थानीय र प्रहरी मिलेर खोजी गरेका थिए । एक घण्टापछि दुवै जनालाई फेला पारेर पिपरा अस्पताल पुर्‍याइएपछि उनीहरुलाई मृत घोषणा गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि