६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

आबुखैरेनी दुर्घटना वायुसेनाको विमानमार्फत भारत लगियो २५ जनाको शव

८ भाद्र, काठमाडौं । शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेकाे यात्रुबाहक बस सडकबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका २७ मध्ये २५ जना भारतीयको शव भारतीय वायुसेनाको जहाजमार्फत लगिएको छ ।

शनिबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थल आइपुगेको भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमानले २५ वटा शव भारत लगेको हो । चालक र सहचालक उत्तर प्रदेश गोरखपुर घर भएकाले शव बहानमार्फत पठाइएको छ ।

भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले समेत यही विमानमार्फत भारत फर्किएकी छिन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा परी २७ भारतीयको मृत्यु भएको । ४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि