८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

जिपभित्र लागुऔषध भेटियो, साहु र चालक पक्राउ

८ भाद्र, बझाङ । बझाङमा जिपभित्र लागुऔषध भेटिएपछि साहु र चालक पक्राउ परेका छन् । शुक्रबार बित्थडचिर गाउँपालिका–३ दुधढल्ला स्थित जयपृथ्वी राजमार्गमा बागथलाबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३९३३ नम्बरको जिपमा लागुऔषध चरेस जस्तो देखिने कालो पदार्थ फेला परेको थियो ।

प्रहरी चौकी स्याडीको इन्ट्री पोष्टमा प्रहरी टोलीले जाँच गर्दा जिप साहुले जिपको पछाडि राखेको मकैको कट्टाभित्र बाहिर सेतो प्लाष्टिक र भित्र कालो प्लाष्टिकमा ९ पोका लागुऔषध लुकाएको पाइएपछि चालक बुंगल नगरपालिका–२ दहबगर पौटाका २९ वर्षीय दीपक धामी, जिप साहु ४५ वर्षीय आइते धामीलाई जिपसहित नियन्त्रणमा लिइएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर जोशीले बताएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि